Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सस्तोमा सुन दिन्छु भन्दै ठगि गर्ने समूह प्रहरी फन्दामा

By kit 3 मिनेट पढाइ

माघ २८, काठमाडौँ | बजार भाउभन्दा सस्तोमा सुन दिन्छु भनी प्रलोभनमा पारी रु २० लाख लिएर सुन नदिई ठगी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट २० लाख ५० हजार र बा ११ च ७६४२ नम्बरको स्विफ्ट गाडीसहित उनीहरु पक्राउ परेका हुन् ।

सो क्रममा पक्राउ परेका दाङ, घोराही घर भई काठमाडौँ, बूढानीलकण्ठ बस्ने नरेन्द्र महराको साथमा रहेको मोबाइलको फोटो ग्यालरीमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालाको फोटो देखिएपछि सो सम्बन्धमा अनुसन्धान गर्दै जाँदा रेडपाण्डाको एक थान छाला बोकी हिँडेको अवस्थामा चितवन, कालिका नपा वडा नं १ घर भई काठमाडौँ, टेुकमा बस्ने भरत विलाश पराजुलीलाई कपनको शिव मन्दिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने अन्य व्यक्तिमा दार्चुला, भगवती–४ घर भई ललितपुर बुंमतीमा बस्दै आएका इन्द्रसिंह धामी र भूपेन्द्रसिंह धामी छन् । मुलुकी ऐन ठगीको महलबमोजिम ठगी गर्नेबाट बिगो भराई बिगोबमोजिम जरिवाना र पाँच वर्षसम्म कैद हुने व्यवस्था छ । रासस