Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

महानगरीय प्रहरी परिसरमा पोखरेलको पदबहाली

By kit 2 मिनेट पढाइ

<p><b>माघ २९, काठमाडौँ | </b>महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुखका रुपमा वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आजदेखि कार्यभार सम्हाल्नुभएको छ ।&nbsp;<br></p><p>प्रहरी प्रधान कार्यालयले यसअघिका परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकको आइतबार सरुवा गर्दै उहाँको ठाउँमा पोखरेललाई ल्याएको थियो ।&nbsp;</p><p>आजदेखि परिसरमा हाजिर गरेको र कानूनको कार्यान्वयनलाई आफूले प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो । शान्ति सुव्यवस्था कायम गरी राजधानीवासीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन आफूले सक्दो पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।रासस&nbsp;</p>