Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पाकिस्तानमा सेना दिवस

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २, काठमाडौं | नेपाली सेना दिवसका अवसरमा पाकिस्तानको राजधानी इस्लामावादस्थित नेपाली राजदूतावासमा मंगलबार एक कार्यक्रम आयोजना गरियो । पाकिस्तानका लागि नेपाली राजदूत श्रीमती सेवा लम्साल अधिकारी र उक्त दूतावासका सैनिक सहचारीले संयुक्तरुपमा आयोजना गर्नुभएको सेना दिवससम्बन्धी कार्यक्रममा इस्लामावादस्थित दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका राजदूत तथा सैनिक सहचारीको उपस्थिति थियो ।

त्यसैगरी कार्यक्रममा पाकिस्तानी विदेश मन्त्रालय एवं अन्य मन्त्रालयका पदाधिकारी, नेपालका लागि पाकिस्तानका पूर्वराजदूतहरु, स्थानीय व्यवसायी र सञ्चारकर्मीको सहभागिता थियो ।

कार्यक्रममा नेपाली सेनाको इतिहास झल्कने एवं नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वशान्ति स्थापनामा पुर्याएको योगदान, दैवी प्रकोपको अवस्थामा उद्धार, राहतमा संलग्नता, राष्ट्रिय गौरवको आयोजना एवं विकास निर्माणका कार्यमा निर्वाह गरेको भूमिका समेटेर तयार पारिएको वृत्तचित्र प्रदर्शन गरिएको उक्त दूतावासले आज जनाएको छ । रासस