ओमानको सोहारस्थित मुवाराड वाडी हिबी मोर्डन ट्रेड एएसटिडी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ओमानको सोहारस्थित मुवाराड वाडी हिबी मोर्डन ट्रेड एएसटिडी"/>

२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमनमा अलपत्र परेका ११ नेपाली सकुशल फिर्ता, ९ जनाको उद्धार गर्न बाँकी

२०७४, २३ फाल्गुन बुधबार ०९:११

फागुन २३, काठमाण्डौ | ओमनस्थित नेपाली दुतावासले अलपत्र परेका नेपालीहरुको उद्धार गरेको छ | 


ओमानको सोहारस्थित मुवाराड वाडी हिबी मोर्डन ट्रेड एएसटिडी कम्पनीमा कार्यरत ११ जना नेपालीको उद्धार गरिएको हो ।

उनीहरु काठमाडौं अनेष्टि ओभरसिज प्रालिबाट ओमान गएका थिए। स्काफफोल्डिङ कामका लागि गएका २० जना नेपाली कामदारले करार संझौता बमोजिम सुविधा नपाएपछी दुतावाससँग आफुहरुलाई स्वदेश फर्काउन आग्रह गरेका थिए।

स्वदेश फर्कने बताएपछि उनीहरुलाई कम्पनीले १ सय ६५ किमि टाढा लगेर अलपत्र अवस्थामा छोडिदिएको थियो | अलपत्र अवस्थामा भएको ठाउँमा स्थलगत अनुगमन गरी उक्त समस्यालाइ तत्काल समाधान गर्ने प्रयास स्वरूप सम्वन्धित पक्षहरूसँग निरन्तर सम्पर्क तथा छलफल गर्दा समेत समस्याको समाधान सहज रूपमा हुन नसकेको हुँदा पीडित कामदारहरूको माग बमोजिम नेपाली राजदूतावासको सकृय पहल र समन्वयमा स्थानीय कानूनी औपचारिकता पूरा गरी सकुशल स्वदेश फिर्ता गरिएको ओमनस्थित नेपाली दुतावासले बताएको छ ।

समस्यामा परेका पीडित नेपाली कामदारहरूलाइ उद्दारका क्रममा खान, बस्न समेतको व्यवस्थापन गरी सहयोग गर्नुहुने ओमान स्थित सम्पूण व्यक्ति तथा नेपाली समुदाय एनआरएन, नेपाली एकता समाज, वुद्द भिजन र नेपाल मगर संघ समेतलाइ दुतावासले धन्यवाद दिएको छ।

कामदारहरूमध्ये बाँकी समस्यामा रहेका ९ जना पीडित नेपाली कामदारहरूको समस्या समाधान एवं स्वदेश पठाउनका लागि दूतावासको प्रयास जारी नै रहेको पनि दुतावासले बताएको छ |



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो