२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शैक्षिक ऋण उपलब्ध गराउनुपर्ने माग

२०७४, २८ फाल्गुन सोमबार ०९:०३

फागुन २८, काठमाडौँ | अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रािन्तकारी) ले संयुक्तरुपमा त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयमा समेत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । 

तीनवटै संगठनका अध्यक्षले शनिबार जारी गर्नुभएको विज्ञप्तिमा यसअघि त्रिभुवन विश्वविद्यालयमा मात्रै हुँदै आएको सो निर्वाचन अन्य शैक्षिक स्थलमा पनि गर्न माग गरिएको छ । 

विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयका केही कलेजमा निर्वाचन सम्पन्न भएको थियो भने आन्तरिक संगठनको विवादका कारण केहीमा हुन सकेको थिएन । 

संविधानमा व्यवस्था गरिएअनुसार आधारभूत तथा माध्यामिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गर्दै शिक्षा क्षेत्रको समग्र पुनः संरचनाका लागि बजेटको २० प्रतिशत लगानी गर्न आग्रह गरिएको छ । 

अनेरास्ववियुका अध्यक्ष नवीना लामा, नेवि संघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु (क्रािन्तकारी) का अध्यक्ष रञ्जित तामाङले दस्तखत गरी जारी गरिएको विज्ञप्तिमा विद्यार्थीले हासिल गरेको प्रमाणपत्र धितो राखेर शैक्षिक ऋण उपलब्ध गराउनुपर्ने माग गरिएको हो । चर्को शुल्क लिने निजी विद्यालयलाई छानबिन गर्न अधिकार सम्पन्न अनुगमन समिति गठन गर्न बैठकले सरकारलाई ध्यानाकर्षण गराइएको छ । 

भूकम्पले ध्वस्त भएका विद्यालय, दरबार हाइस्कुललगायत ऐतिहासिक महत्वको शैक्षिकस्थल द्रुत गतिमा पुनःनिर्माणका लागि माग गरिएको छ । 

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ओएसिसी मेडिकल कलेजका विद्यार्थीलाई नर्सिङ काउन्सिलको परीक्षा दिने वातावरण मिलाउन विज्ञप्तिमा आग्रह गरिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो