Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

नेपाल आइडल सिजन २ मा सुरुदेखिनै भोटिङ !

By साझासवाल

फागुन २९, काठमाडौँ | दोश्रो सिजन सुरु हुन लागेको नेपाल आइडलले सुरुदेखिनै भोटिङमार्फत ५० भार जोड्ने घोषणा गरेको छ ।

नेपाल आइडलको सिजन- २ अन्तर्गत मंगलबार सार्वजनिक गरिएको पोष्टर अनुसार नेपाल आइडलको छनोट ५० भार भोट मार्फत हुनेछ भने ५० भार जजले डिएको मार्क्स मार्फत हुने उल्लेख छ । जुन पोष्टरलाई हेरेपछि कतिपयले नकारात्मक प्रतिक्रिया समेत दिएका छन् ।

अघिल्लो बर्ष बिबिध कारणम बिबादित बनेको नेपाल आइडलप्रतिको आक्रोश कतिपयले नकारात्मक तरिकाले व्यक्त गरेका छन् भने कतिपयले राम्रो भनेर समर्थन पनि गरेका छन् तर समग्रमा हेर्दा नेपाल आइडलप्रति नकारात्मक धारणाहरु आएका छन् । सिजन २ अन्तर्गत आज सार्वजनिक पोष्टर फेसबुकमा आएलगत्तै प्रतिक्रियाको ओइरो लागेको हो ।

नेपाल आइडलको ब्यानर सहित पोष्टमा उल्लेख छ – 'सही, क्षमतावान र यसको गरिमा कायम राख्नसक्ने व्यक्ति मात्र नेपाल आइडल बनोस् भन्ने उदेश्यले यसपटकको नेपाल आइडल छानिनेछ जज र भोटको ५०/५० प्रतिशत भारबाट ।'