चैत ११, काठमाडौँ | नेपाल तामाङ पत्रकार संघका अध्यक्षमा विष्णु मोक्तान निर्वाचित हुनुभएको छ ।

त्यसैगरी महिला उपाध्यक्षमा लक्ष्मी रुम्बा, उपाध्यक्षमा सुभाष योञ्जन, महासचिवमा बुद्ध योञ्जन, सचिवमा पेमा लामा र कोषाध्यक्षमा तीर्थमान बल निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न पाँचौँ महाधिवेशनले खुला तथा प्रदेश सदस्यसमेत निर्वाचित गरेको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।

अध्यक्ष मोक्तानले संघलाई संघीय संरचनानुसार अगाडि बढाउँदै योजनानुसार काम शुरू गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

March 25, 2018
काठमाडौँ - KTM, समाज
तामाङ पत्रकार संघमा मोक्तान निर्वाचित
By kit
2 मिनेट पढाइ