"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"/>

2026-06-16 12:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा भक्तजनको भीड

२०७४ चैत्र ११, आइतवार

पूर्णप्रसाद मिश्र/चैत ११, काठमाडौँ | चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन आज बिहानैदेखि देशभरका राममन्दिरमा पूजा आराधना गर्न भक्तजनको भीड लागेको छ । 


बत्तीसपुतलीस्थित श्रीराम मन्दिर, पशुपतिस्थित राममन्दिर, जनकपुरधामलगायत देशभरका राममन्दिरमा भक्तजनको भीड लागेको हो । 

त्रेतायुगमा चैत्र शुक्ल नवमीका दिन मध्याह्न अयोध्याका राजा दशरथ र महारानी कौशल्यादेवीको ज्येष्ठ पुत्रका रुपमा श्रीरामचन्द्रको जन्म भएको थियो । 

धर्मशास्त्रअनुसार भगवान विष्णुले जब पृथ्वीमा पाप बढदै जान्छ तब धर्मको रक्षाका लागि अबतार लिन्छु भनेकाले धर्मकै रक्षाका लागि भगवान् विष्णुको सातौँ अवतारका रुपमा श्रीरामचन्द्रको जन्म भएको विश्वास गरिन्छ । 

बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको छ । बेलुकीसम्म पाँच लाखभन्दा बढीले मन्दिरमा दर्शन गर्न सक्ने अनुमानमा पूजा व्यवस्थापन गरिएको श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संरक्षण समितिका सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिनुभयो । 

विसं १९२८ मा श्री ३ जंगबहादुर राणाका जेठान कमाण्डिङ कर्णेल सनकसिंह टण्डनले यो मन्दिर निर्माण गर्नुभएको हो । त्यसबेला भारतको लखनउमा भएको सैनिक विद्रोह नियन्त्रणका लागि श्री ३ जंगबहादुरको नेतृत्वमा कमाण्डिङ कर्णेल टण्डनसहितको समूहलाई सफलता मिल्यो । भारतमा अंग्रेज सरकार थियो । अंग्रेजले नेपाल सरकारलाई विद्रोह नियन्त्रणका लागि सघाएकामा नेपाललाई ठूलो धनराशि उपहारस्वरुप दियो । 

श्री ५ सुरेन्द्र वीरविक्रम शाहले कमाण्डिङ कर्णेल टण्डनलाई पनि केही रकम दिएकाले त्यो रकमले श्रीरामचन्द्र मन्दिर बत्तीस पुतलीका नाममा ३७४ रोपनी आठ आना एक पैसा जग्गा गुठीका लागि व्यवस्था गरिएकामा त्यसमध्ये कमाण्डिङ कर्णेल टण्डन आफैले ८१ रोपनी जग्गा निजी सम्पत्तिबाट गुठी राखेको संस्कृतिविद्समेत रहनुभएका डा टण्डनले बताउनुभयो । 

मन्दिर स्थापना हुनुअघि पुरानो बानेश्वरको उचाइमा रहेको यो स्थानमा गाई चराइन्थ्यो । गाई चराउने गोठाला भने अग्लो स्थानमा बस्थे । त्यहाँ बसेपछि ती गोठालाले गौचरनमा आएका मानिसलाई आइपरेको अन्यायबारे परामर्श दिन थाले । गोठाला त्यो ठाउँमा बसेर न्यायाधीश झैँ न्याय दिन थालेपछि त्यहाँ सबैको ध्यान आकृष्ट भयो । 

खनेर हेर्दा ढिस्को मुनी तीन घ्याम्पा असर्फी फेला प¥यो । असर्फीले श्रीरामचन्द्र, सीता, लक्ष्मण, भरत, शत्रुघ्नको शालिग्राम शिलाको मूर्तिसहित सत्तल निर्माण गरियो । बाँकी असर्फीले अर्घाखाँचीको बल्कोटमा सत्तल निर्माण गरियो । 

कमाण्डिङ कर्णेल टण्डनले अर्घाखाँची र गुल्मीमा परशुरामेश्वर र इन्द्रेश्वर मन्दिरसहितं सत्तल निर्माण गरी १३ हजार रोपनी गुठी जग्गा राखेर पश्चिम नेपालकै दर्शनीयस्थल बनाउनुभयो । 

विसं २०४८ अघि भने यो मन्दिर जीर्ण थियो । स्थानीयवासीले जीर्णोद्धार एवं संरक्षण समिति गठन गरी मन्दिर क्षेत्रलाई आकर्षकस्थलका रुपमा विकास गरेको स्थानीयवासी सन्तोष नेपालले जानकारी दिनुभयो । 

कमाण्डिङ कर्णेल टण्डनले लखनउमा देखेको आधारमा निर्माण गरिएको राजकीय गुम्बज शैलीको मन्दिर नेपालकै पहिलो हो । यो शैलीको मन्दिर अहिलेसम्म अर्को नबनेको संस्कृतिविद् टण्डनको भनाइ छ । यो ठाउँको नाम बत्तीसपुतली रहनुमा पनि एउटा किंवदन्ती छ । किंवदन्तीअनुसार राजा विक्रमादित्यको दरबारमा न्यायका पक्षमा काम हुञ्जेल बत्तीस वटा पुतली बस्थे । 

विक्रमादित्यको दरबारमा जब अन्याय पक्षधरको बोलवाला हुन छाडेकाले ती बत्तीसपुतली उडेर आई पुरानोबानेश्वरको थुम्कोमा बसेकैले गोठालाले न्यायका पक्षमा वकालत गर्न थालेको स्थानीयवासीको विश्वास छ । 

श्रीरामचन्द्र मन्दिर नेपालमै विद्युतीय प्रणालीबाट पूजा गराउने पहिलो मन्दिर बनेको छ । मन्दिरमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले २०७४ कात्तिक ११ गते इ–पूजा शुभारम्भ गर्नुभएको थियो । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त यो मन्दिर स्थानीयवासीको सक्रियतामा दाताको सहयोग जुटाएर एक वर्षमै पुनःनिर्माण गरियो । भूकम्पले भत्किएको सम्पदा सरकारी सहयोग नलिई निर्माण हुनेमा श्रीरामचन्द्र मन्दिर नै पहिलो भएको समितिले जनाएको छ । 

मन्दिर छिर्नेबित्तिकै शरीरमा एकप्रकारको ऊर्जा प्राप्त हुने विश्वासमा भारतीय साधु सन्तसमेत पछिल्लो समयमा यहाँ आउन थालेकाले यस मन्दिरको आकर्षण बढ्ेको स्थानीय शिव पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई करोडौंको क्षति, विभागले माग्यो उडान विवरण माग कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन