२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सात बुँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न

२०७४, १८ चैत्र आईतवार ०७:०१

चैत १८, काठमाडौँ | शुक्रबार शुरु भएको विश्व नेवाः सम्मेलन सात बुँदै घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भयो । 

सम्मेलनले हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबार विश्वभर हलिं नेवाः दिँ (विश्व नेवाः दिवस) मनाउने परम्परालाई अगाडि बढाउने निर्णय गरेको छ । नेवाः साहित्य, कला, संस्कृति र पत्रकारिताको श्रीवृद्धिका लागि हलिं नेवाः कोष स्थापना गर्ने घोषणा पनि गरिएको छ । 

विकासका नाममा काठमाडौँ उपत्यकाका जनतालाई विस्थापित गर्ने किसिमबाट सरकारले ल्याएका योजनामा अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब सिर्जना गर्ने, नेपालमा बोलिने सबै भाषालाई नेपाली भाषा नै भन्ने, नेवाः वाङ्मयलाई अन्तर्राष्ट्रियकरण गर्दै लैजाने विषयहरु घोषणापत्रमा समावेश छ । 

सम्मेलनको समापन गर्दै वल्र्ड नेवाः अर्गनाइजेशनका अध्यक्ष सिजन श्रेष्ठले संस्थाको आउँदौ तेश्रो वार्षिक साधारणसभा र तेश्रो विश्व नेवाः सम्मेलन काठमाडौं उपत्यकामै गर्ने घोषणा पनि गर्नुभयो । 

सम्मेलनको अन्तिम दिन शनिबार सडक विस्तारका नाममा स्थानीय जनतालाई विस्थापित गर्ने र काठमाडौं उपत्यकाको जीवन्त कला, पर्व, संस्कृति र सम्पदा मास्ने ढंगले भइआएका कामको विषयमा ‘हाम्रो थातथलो हाम्रो सरोकार’ विषयमा प्यानल डिस्कसन भएको थियो । यो छलफलमा सांसद राजेन्द्र श्रेष्ठ, अधिवक्ता शंकर लिम्बू, नेवाः दे दबूका अध्यक्ष नरेश ताम्राकार, उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका संयोजक सुमन साय्मी र राससका प्रधान सम्पादक राजु शाक्य सहभागी हुनुहुन्थ्यो । 

नेपालमा यो सम्मेलन चलिरहँदा विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेवार समुदायले विविध कार्यक्रमको आयोजनासहित विश्व नेवाः दिवस मनाएका थिए । 

शुक्रबार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेवाः परम्पराअनुसार पानसमा बत्ती बाली सम्मेलनको उद्घाटन गर्नुभएको थियो । 

उद्घाटन समारोहमा नेवाः आन्दोलनका अगुवाहरु शताब्दी पुरुष जोशी, पद्मरत्न तुलाधर र माणिकलाल श्रेष्ठलाई सम्मान गरिएको थियो । सम्मेलनमा विभिन्न १७ मुलुकमा रहेका नेवाः समुदायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो