Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

युवकसँग गेष्टहाउस पुगेकी युवती मृत फेला, युवक फरार

By kit 2 मिनेट पढाइ

<p><b>चैत्र २३ काठमाडौं |</b> नयाँ बर्सपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या भएको छ। भूमेश्वरी गेस्ट हाउसको २०३ नम्बर कोठामा शुक्रबार बिहान युवतीको शव भेटिएको हो।&nbsp;<br></p><p>हातखुट्टा र घाँटी बाँधिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। मृतक युवतीको सनाखत नभएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ। युवतीको बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ।</p><p>बिहीबार राति एक युवकसँग उनी गेस्ट हाउस पुगेकी थिइन्। शुक्रबार बिहान बाहिरबाट ताल्चा लगाएर युवक भागेका थिए। शवको अवस्था हेर्दा हत्या नै गरिएको देखिने प्रहरीले जनाएको छ। फरार रहेका युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ। महानगरीय अपराध महाशाखाले समेत घटनाको अनुसन्धान गरिरहेको छ।&nbsp;</p>