चैत्र २५ काठमाडौं | ३३ किलो सुन तस्करी र एक भरियाको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले ठमेलको मनाङ होटलका सञ्चालक भुजुङ गुरुङसहित १० जनालाई पक्राउ गरेको हो।

डिआईजी पुष्कल रेग्मी नेतृत्वको छानबिन समितिले उनीहरुलाई पक्राउ गरेको हो।

चीनबाट तस्करि भएको ३३ किलो सुन लुकाएको आरोपमा गत महिना सनम शाक्यको मोरङमा हत्या भएको थियो। हत्यामा संलग्न ४ जना पक्राउ परे पनि मुख्य नाइकेहरु पक्राउ परेका थिएनन्।

मुख्य नाइकेलाई जोगाएर अनुसन्धान गरेको आरोपमा महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी तथा सई बालकृष्ण सञ्जेललाई कारबाही स्वरुप त्यहाँबाट सरुवा गरिएको छ।

अनुसन्धानमा प्रहरी नेतृत्व नै मिलेर चलखेल गरेको खुलेपछि गृह मन्त्रालयले छानबिनमा अग्रसरता लिएको थियो।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको एक प्रहरीले जनाएको छ।

३३ किलो सुन तस्करी प्रकरण: मनाङ होटलका मालिकसहित १० जना पक्राउ