Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

शिक्षाबाट वञ्चित बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आह्वान

By kit 4 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २७ काठमाडौँ | सरकारले शिक्षाबाट वञ्चित गरीब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायलगायतका बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैमा आह्वान गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले शिक्षाको अवसरबाट वञ्चित त्यस्ता समुदाय र वर्गका बालबालिकामध्ये एक एक बालक र बालिका खोजी गरी विद्यालयमा भर्ना गरिदिन र स्वेच्छिक अभिभावकत्व ग्रहण गदिदिन सबैमा आह्वान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

मन्त्री, सम्पूर्ण राजनीतिक दलका पदाधिकारी, संघ, प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, उद्योगी, व्यापारी, बुद्धिजीवी, नागरिक समाज, सञ्चारकर्मी, रङ्गकर्मी, कलाकर्मी, प्राध्यापक, शिक्षाविद्, पेशाकर्मी, राष्ट्रेसवक कर्मचारी, सरकारी एवं गैरसरकारी संघसंस्था, नेपाल शिक्षक महासंघ, विद्यालय व्यवस्थापन समिति, राष्ट्रिय अभिभावक संघ, शिक्षक, विद्यार्थी, अभिभावकलगायत सम्पूर्ण देशभक्त एवं शिक्षाप्रेमी महानुभावमा सरकारका तर्फबाट स्वेच्छिक अभिभावकत्व ग्रहण गरिदिन आह्वान गरिएको जानकारी राज्यमन्त्री बाँस्कोटाले दिनुभयो ।

शिक्षाको अधिकारबाट वञ्चित तथा विद्यालय जान नसक्ने बालबालिकालाई शिक्षा दिने र अशिक्षालाई समाप्त गर्ने उद्देश्यसहित सो अभियान शुरु गरिएको उहाँको भनाइ छ । आजको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिद्को कार्यालयका सचिव राजीव गौतमलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गर्ने तथा प्रधानमन्त्री कार्यालयमा डिल्लीराज घिमिरेलाई बढुवा गरी पदस्थापन गर्ने निर्णय पनि गरेको छ । रासस