२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा लक्ष्यित ‘सुशील श्री पुरस्कार’ स्थापना

२०७५, ९ बैशाख आईतवार ११:३१

वैशाख ९ काठमाडौँ | सुशील कोइराला मेमोरियल फाउण्डेसनले भोलिको नेपालको मार्गचित्र निर्माणमा युवालाई प्रत्यक्ष रुपमा सरिक गराउन रु एक लाख राशिको ‘सुशील श्री पुरस्कार’ स्थापना गरेको छ । 

स्थापनाकालदेखि नै सिर्जनात्मक कार्य गर्र्दै आएको फाउण्डेसनले आज पत्रकार सम्मेलन गरी नेपालसम्बन्धी युवाको बुझाइ, दृष्टिकोण र नेतृत्व क्षमतालाई लेखमार्फत उत्कृष्ट ढंगले व्यक्त गर्ने लेखकलाई उक्त पुरस्कारबाट सम्मानित गरिने जानकारी गराएको हो । 

कार्यक्रममा फाउण्डेसनका सदस्य सचिव अतुल कोइरालाले यसवर्ष राष्ट्रव्यापी लेख प्रतियोगिता आयोजना गरी युवाको विचार र चिन्तनको संवाहकका रुपमा यो पुरस्कारलाई अघि बढाउने निर्णय गरिएको बताउनुभयो । 

नेपालको सामाजिक धरातल, जनजीविका र पर्यावरणको यथार्थ प्रतिविम्बन हुने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै जागरण फैलाउने अभियानमा युवालाई सरिक गराउनु पुरस्कारको प्रमुख उद्देश्य भएको उहाँले जानकारी गराउनुभयो । 

फाउण्डेसनले पुरस्कारका लागि ‘लोकतान्त्रिक नेपालको सामाजिक तथा आर्थिक विकासमा युवाको भूमिका’ विषय निर्धारण गरेको छ । लेख नेपाली वा अंग्रेजी भाषामा सात हजारदेखि आठ हजार शब्दको हुनुपर्ने छ । 

भाग लिने व्यक्तिको उमेर समूह २० देखि ३५ वर्ष राखिएको छ भने पुरस्कार छनौटका लागि प्रा डा जयराज आचार्यको अध्यक्षतामा विभिन्न क्षेत्रका विज्ञसहितको समिति गठन गरिएको छ । 

छनोट समितिका अध्यक्ष आचार्यले मुलुकमा बौद्धिकतासँग सम्बन्धित संस्थाको खडेरी पर्दै गएको सन्दर्भमा मुलुकको चौतर्फी विकासका लागि अध्ययन अनुसन्धान गर्ने संस्थालाई उत्प्रेरित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

सरकारले युवालाई केन्द्रित गरी कार्यक्रम ल्याउन नसकेकाले दैनिक सयाँै युवा बाध्य भएर कामका लागि विदेशिनु परेको उहाँले बताउनुभयो । उहाँका अनुसार लेखमा देशको वर्तमान अवस्थाको विश्लेषण, त्यसका चुनौती, देशका लागि आफ्नो सपना, सपनालाई यथार्थ बनाउने तरिका, भोलिको लोकतान्त्रिक नेपालको विकासमा आफ्नो सहभागिता तथा योगदान जस्ता विषय समावेश गर्नुपर्ने छ । 

समितिका सदस्य एवं शिक्षाविद् डा डिल्ली रिमालले युवा वर्गको सोच, नेतत्व क्षमता पहिचान गर्न र सक्षम नेतृत्वलाई उचित मञ्च प्रदान गर्न पुरस्कारबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

लेख आगामी असार १ देखि ८ गतेसम्म बुझाइसक्नुपर्ने छ । आगामी असार ३१ गते विश्व युवा दक्षता दिवसका दिन विजेताको घोषणा गरिने छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो