Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

संविधानलाई संस्थागत गर्न सबै दल मिल्नुपर्छ: नेता सिंह

By kit 2 मिनेट पढाइ

<p><b>वैशाख ११ काठमाडौँ |</b> नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानलाई संस्थागत गर्न सबै दल मिल्नुपर्ने बताउनुभएको छ ।&nbsp;<br></p><p>रत्नराज्य माविको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले संघीय गणतन्त्रात्मक र समावेशी संविधानलाई संस्थागत गर्ने बाटामा सत्तामा बसेका र विपक्षी दल एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।&nbsp;</p><p>सांसद सिंहले रत्नराज्य विद्यालय नमूना विद्यालयका रुपमा अगाडि बढिरहेको बताउँदै अझै गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्नुभयो । सो अवसरमा उक्त विद्यालयमा पढेर मुलुकका उच्च ओहदामा पुगेका व्यक्तिलाई सम्मान गरिएको थियो । रासस</p>