कृष्ण पौडेल | वैशाख २२, स्पेन । मेड्रीड स्थित नेपाली दुताबास स्पेनले सेवा दिन थालेको छ ।

नेपाली दुताबास स्पेनले कार्यालय स्थापना गरी बिहीवारदेखि पासपोर्ट बनाउने लगायत सबै सेवा दिन शुरु गरेको हो ।

मेड्रीडमा नेपाली दुताबासले आफ्ना कर्मचारी बाहेक कागज बिहिन अवैध रही पासपोर्ट बनाउन आएकी पहिलो महिला झरना थापा मगरलाई रिवन काट्न लगाई सेवा शुचारु गरेको हो ।

नेपाली दुताबास स्पेनबाट अबदेखि राहदानी बनाउन, नविकरण, कागजात प्रमाणिकरण, एनआरएन परिचयपत्र, विदेशीलाई भिसा लगायतका सम्पूर्ण सेवा उपलब्ध हुनेछ ।

स्पेनका लागि नेपाली राजदुत भरत बहादुर रायमाझीले कार्यालय स्थापना गरी सेवा शुरु गरेकोमा खुशी व्यक्त गरे ।

May 5, 2018
काठमाडौँ - KTM, समाज
स्पेनमा नेपाली दुताबासले सेवा दिन शुरु गर्यो
By साझासवाल
2 मिनेट पढाइ