८ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्तदान गर्नुपर्छ भन्ने जनचेतना जगाउन साईकल र्याली (फोटो फिचर)

२२ बैशाख २०७५, शनिबार १०:०८

सिया कार्की | बैशाख २२, काठमाडौँ | रक्तदानको लागि जनचेतना फैलाउने उदेश्यले साईकल र्याली कार्यक्रम आयोजना गरिएको छ | जे.सि.आई सिन्धुपाल्चोक र पहिको युथ क्लबको संयुक्त आयोजनामा काठमाडौँको नयाँबजारमा उक्त कार्यक्रम आयोजना भएको हो |

उक्त कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा रहेका काठमाडौँ क्षेत्र नं ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले उद्घाटन गरेका छन् | कार्यक्रममा बोल्दै सांसद रामवीर मानन्धरले रक्तदान जीवनदान भन्दै सबैलाई रक्तदान गर्न बानी बसाल्न आग्रह गरे |

त्यस्तै पहिको युवा क्लबका सल्लाहकार समेत रहेका डा. रत्नकमल बैद्यले रक्तदान गर्दा आफूलाई समेत रक्तसन्चारमा फाईदा हुने भन्दै तीन-तीन महिनामा रक्तदानको आवश्यकता हुने बताएका छन् |


औपचारिक कार्यक्रमपछी सुरु भएको साईकल र्याली नँयाबजारबाट सुरु भएर कोटेश्वर, बालकुमारी हुँदै पुन: नँयाबजारमै टुंगिएको छ | उक्त साईकल र्याली कार्यक्रममा विभिन्न जनजाती, वर्ग र क्षेत्रका मान्छेहरुले सहभागिता जनाएका थिए |


पछिल्लो समय नेपालका अस्पताल तथा ब्लड बैंकजस्तो संवेदनशील ठाउँहरुमा रगतको अभाव छ | जसको कारण बिरामीहरुलाई समयमै रगत उपलब्ध गराउन नसक्दा ज्यानै जानसक्ने अवस्था रहेको भन्दै रक्तदान गर्नुपर्छ भन्ने जनचेतनाको जगाउन पहिको युवा क्लब र जिसीआई सिन्धुपाल्चोकले संयुक्त कार्यक्रम आयोजना गरेको आयोजकले साझा सबाललाई बताएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी सेवामा अब राष्ट्रिय परिचय पत्र अनिवार्य हुँदै बिहेकै रात गलत तरिकाले युवतीको ‘भर्जिनिटी टेस्ट’, फेल भएपछि यातना र तनाब ! अदालत पुग्यो मुद्दा भैरहवा पुगे लामिछाने, भोलि अदालतमा हाजिर हुने प्रहरीलाई गायिका आस्था राउतको कटाक्ष : न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नी त्यो भाइलाई मामा.. पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा १ अर्बभन्दा बढी कण्डमको आयात, कोभिडको समयमा सबैभन्दा बढी खपत मेयर राईलाई खानेपानी मन्त्रीले भने- यसै वर्ष टेन्डर हुन्छ, खुसी भएर धरान फर्किनुस् क्लोज क्याम्प छाड्दा कारबाहीमा नपरेका सन्दीपमाथि अम्पायरबारे टिप्पणी गर्दा अनुशासनको कारबाही भीम रावललाई गृहजिल्लामा समर्थन, हजारभन्दा बढीले छोडे एमाले क्यानको कारवाहीमा परे सन्दीप लामिछाने समीक्षा अधिकारी र ज्योती मगरबीच ‘सामाजिक सञ्जालयुद्ध’ भाइरल अभियन्ता आशिकालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति शशांक र चन्द्र भण्डारीलाई दायाँ-बायाँ राखेर प्रचण्डको उद्घोष: ओली सरकार धेरै लामो जाँदैन महोत्तरीमा २९ वर्षीय युवकको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका लामिछानेसहितलाई धरौटीमा छोडनुको कारण पेश गर्न उच्च अदालतको आदेश युके,अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक महिलासहित तीनजना पक्राउ प्रहरीबाट युवकमाथि निर्घात कुटपिट : कुटिनुअघिको पष्ठभूमि के थियो ? विपिन जोशी सुरक्षित रहेको जनाउने तीन आधार महाकुम्भमा आँखाकै कारण भाइरल बनेकी मोनालिसालाई फिल्मकाे अफर डोनाल्ड ट्रम्पका नयाँ १० आदेश : अवैध आप्रवासी प्रवेशमा प्रतिबन्धदेखि मेक्सिकोको सीमामा आपतकाल घोषणासम्म रित्तो गाग्रीसहित सिंहदरबार पुगेका हर्क साम्पाङको गाग्री प्रहरीले खोस्यो