Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कर्मचारीको उमेर हदबन्दी ५८ वर्ष कायमै

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ, ७ जेठ | सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम राख्ने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले यसअघि संघीय निजामती सेवा ऐनको विधेयकको मस्यौदा ६० वर्ष उमेर हदबन्दीलाई संशोधन गर्दै पहिल्यैकै ५८ वर्ष कायम गर्न थालेको बताउनुभयो ।

उहाँले पुनः ५८ वर्षे उमेर हदबन्दीलाई कायम गर्न संशोधनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रस्ताव पठाइएको बताउनुभयो ।

यसअघि काशीराज दाहाल अध्यक्ष रहेको उच्चस्तरीय प्रशासनिक सुधार सुझाव समितिको सुझावअनुसार निजामती कर्मचारीको उमेरको हदबन्दी ६० वर्ष राख्ने प्रस्तावलाई मन्त्रालयले सहमति जनाउँदै ऐनको मस्यौदमा राखेको थियो ।

‘‘समितिको सुझावअनुसार हामीले ऐनको मस्यौदमा सेवानिवृत्तको उमेर हदबन्दी ६० वर्ष राखेका थियाँै,’’ उहाँले भन्नुभयो, ‘‘तर पछि अध्ययनका क्रममा उक्त उमेर व्यावहारिक नहुने भएकाले पुनः पहिल्यकै ५८ वर्ष राख्ने भनेर प्रस्ताव पठाएका छौँ ।’’ अहिले निजामती सेवा ऐन कानुन मन्त्रालयमा स्वीकृतका लागि पठाइएको छ । रासस