Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

खेलमा सट्टाबाजी लगाउने पूर्व फुटबल खेलाडी अञ्जन केसीसहित ६ जना पक्राउ(नामावलीसहित)

By kit

जेठ १५ काठमाण्डौ | विभिन्न खेलमा सट्टाबाजी खेलाउने पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरेर सट्टेबाजमा संलग्न ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मङ्गलबार प्रहरीले सट्टेबाजीमा संलग्न पूर्व फुटबल प्रशिक्षकसमेत रहेका अञ्जन केसी, मैतीदेवीका गौरव तिवारी, काभ्रेका भूपेन्द्र कुँवर, नुवाकोटका निदेश बोगटी, भक्तपुरका विजय श्रेष्ठ र नरेन्द्र सुवाललाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुका साथबाट जुवा खेलाउन प्रयोग सामाग्रीहरु समेत बरामद गरेको छ।

गुण्डा नाइके दावा भने फरार भएका छन् । दावाले पछिल्लो समय भएको चेल्सी र लिभरपुलको खेलमा १० लाख भारतीय रुपियाँ अनलाइन अकाउन्टमार्फत लगानी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरेर सट्टेबाजमा संलग्न ६ जनालाई सार्वजनिक गरेको छ ।