२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वच्छ र सुन्दर वातावरणका लागि आफ्नै घरबाट अभियान थाल्नुपर्छ – मन्त्री तामाङ

२०७५, २२ जेष्ठ मंगलवार १६:१९

भिम लामा | जेठ २२, काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा माकलबारी टोल सुधार समिति गोकर्णेश्वरले आयोजना गरिएको कार्यक्रममा कानुन, न्याय तथा संसदीय ममिला मन्त्री सेरबहादुर तामाङले वातावरण स्वच्छ राख्न प्रत्येक नागरिकले आफ्नै घर र टोलबाट अभियान थाल्नुपर्ने बताए । 

मानवीय संवेदनशीललाई वातावरणले प्रत्यक्ष रुपमा असर गरिरहेको हुदा यसको सरसफाईमा महत्वपूर्ण ध्यान दिनुपर्ने बताए । पर्यटक भित्र्याउनका लागि हरियाली, स्वच्छ र सुन्दर वातावरण निर्माण गर्न सबैले विशेष भूमिका निभाउनुपर्नेे उनले जिकिर गरे  । प्रमुख अतिथि समेत रहेका मन्त्री तामाङले भने – “मेलम्चीको पानी अब काठमाडौमा छिटै आउँछ, मेलम्चीको पानी सुन्दरीजल हुँदैं घर–घरमा जानेभन्दा बढी पानी बाग्मति खोलामा बग्नेछ । त्यही पानीलाई वैज्ञानिक विधिबाट आर्थिक आम्दानीको स्रोतमा परिणत गर्न सकिन्छ ।” मन्त्री तामाङले वातावरणलाई प्रत्यक्ष रुपमा असर पार्ने प्लास्टिकजन्य पदार्थलाई रोक्नका लागि कानुन निर्माण हुने र त्यसको वैकल्पिक उपयाका बारेमा समेत ध्यान दिने कुरा उल्लेख गरे । 

त्यस्तै सो कार्यक्रममा काठमाडौं ३ बाट निर्वाचित सांसद कृष्ण राईले क्षेत्रकै परिवर्तन र विकासका लागि जनताकै सहयोग र सुझावलाई आत्मासाथ गर्दै अघि बढ्ने प्रतिवद्धता गरे । जनताको आवश्यकतालाई अभाव हुन नदिन आफु खटिरहने र जनस्तरबाट आएको समस्याको सम्बोधन गर्दै लैजान निरन्तर लागि पर्ने बताए ।  


कार्यक्रममा गोकर्णेश्वर नगरका मेयर सन्तोष चालिसेले स्वच्छ नगरको रुपमा स्थापित गर्न अभियानसंगै सबैले सोँचमा परिवर्तन ल्याउन जरुरी रहेको बताए । आफु निर्वाचित भएर आएपछि पहिलो प्राथामिकताका साथ फोहोर व्यवस्थापन गर्न लागि परेको भन्दै प्रत्येक वडा, टोल र महिला संघसंस्थालाई अभियानमा संलग्न गराउँदै आएको बताए । उनले भने  फोहोर जथाभावी फालेमा जरिवानासहित प्रहरी थुनामा राख्ने कानुन निर्माणको तयारी रहेको पनि उल्लेख गरे । मेयर चालिसेले प्रत्येक घरधनीले सेफ्टी ट्यांकी निर्माण गर्नुपर्ने र आ–आफ्नै घरबाट फोहोरको पहिचान गरी व्यवस्थापन गर्न आग्रह गरे । नगर विकास र उत्थानका लागि खानेपानी, फोहोर व्यवस्थापनका लागि जापानबाट अत्याधुनिक प्रविधि ल्याउने तयारी भइरहेको जिकिर गरे । 


टोल सुधार समितिका अध्यक्ष पेमा छिरि शेर्पाले परिवर्तन आफैबाट गर्नुपर्ने उल्लेख गर्दै देशभरि नै सकारात्मक शन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । समितिले फोहोरमैला व्यवस्थापन सम्बन्धि विभिन्न तालिम तथा प्रयोगात्मक परिक्षण समेत गराईसकेको जानकारी दिए । कार्यक्रममा विभिन्न ३० भन्दा बढि विद्यालयका विद्यार्थी , शिक्षक, सामाजिक संघसंस्था तथा स्थानीयवासीहरुको सहभागी रहेको थियो ।  “सके पुनः प्रयोग गरौं, नसके बहिस्कार गरौं, प्लास्टिक प्रदूषण निर्मूल पारौं ” भन्ने नारामा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुलाई वाक प्रतिस्पर्धा समेत गरि प्रमाणपत्र वितरण गरेको टोल सुधार समितिका सचिव बिनित अर्यालले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ