Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लुट फिल्मका निर्माता वाग्लेसहित ६ विरुद्ध मुद्दा दायर, यस्तो सजाय गरिने

By kit 2 मिनेट पढाइ

जेठ २५ काठमाडौं | निर्माता माधव वाग्लेसहित ६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

महानगरीय प्रहरी वृत्त महाराजगगञ्जले शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनीहरु विरुद्द मुद्दा दायर गरेको हो। २ करोड ६२ लाख रुपैँया जरिवाना र १० वर्षसम्म कैदको सजाय माग गरी मुद्दा दायर गरिएको छ। गत जेठ २ गते उनीहरुलाई प्रहरीले फिल्म पक्राउ गरेको थियो।

‘चंगा चेट’ फिल्मको सुटिङका लागि भनेर उनीहरुले साढे दुई करोड रुपैयाँ भन्दा धेरै नक्कली नोट छापेका थिए। त्यो नोट बजारमा दुरुपयोग भएपछि प्रहरीले वाग्लेसहित प्रकाश सुवेदी, सुजित तामाङ, साजन तामाङ, महेन्द्र बोगटी र विकेश नापितलाई पक्राउ गरेको थियो। उनीहरुबाट सुरुमा २ करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली भारु बरामद भएकोमा पछि थप २ लाख बरामद भएको थियो।