Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाण्डौबाट लागुऔषधसहित चार पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ २७ काठमाडौँ |</b> महानगरीय प्रहरी परिसर काठमाडौँले लागु औषधसहित चारजनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले लागुऔषध कारोबार भएको गोप्य सूचनाका आधारमा काठमाडौँका सुनिल श्रेष्ठ, रविन्स महर्जन, रवीन शाही र काभ्रेपलाञ्चोकका राजकुमार तामाङलाई शनिबार साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो ।&nbsp;<br></p><p>प्रहरीले उनीहरुसँग डाइजेल्याब १२७ थान, नुर्फिन १०२ थान, फेनार्गन २९८ थान, डेल कम्पनीको ल्यापटप एक थान, लागु औषध खरिद बिक्रिमा प्रयोग हुने मोबाइल १६ थान र नगद रु सात हजार ५०५ बरामद गरेको छ ।&nbsp;</p><p>पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ । रासस</p>