Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रवि लामिछानेले अमेरिकी राहदानी त्यागे लगत्तै प्रेस काउन्सिलको यस्तो बिज्ञप्ति (पत्र सहित)

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार ७, काठमाडौँ | पछिल्ला २ दिन पत्रकार रवि लामिछानेले नेपालको कानुन नमानेको, प्रेसकाउन्सिलको नीति नमानेको र उनी बिदेशी नागरिक भएको बिषयमा समाचारहरु भाईरल भए | लगत्तै असार ६ गते (बुधबार) नै लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट परित्याग सम्बन्धि निवेदन दिएको जानकारी गृहमन्त्रालयबाट असार ७ गते प्रेस काउन्सिलले जानकारी पाए पछि बिज्ञप्ति जारी गर्दै काउन्सिलले नेपालमै रही संचारसम्बद्ध पेशा व्यवसायमा संलग्न  हुने लामिछानेको व्यक्तिगत रुचीको कदर गरेको जनाएको छ |

काउन्सिलले बिज्ञप्तिमा लेखेको छ 'न्युज २४ मा कार्यरत रहँदाका बखत उहाँद्वारा प्रसारित कार्यक्रमबारे परेका दुईवटा उजुरीको छानबीनका क्रममा २०७४ चैत २३ गते स्पष्टीकरण सोधिंदा उहाँले आफू बिदेशी नागरिक नभएको, पत्रकार पनि नरहेको र श्रम इजाजत लिएको झुठो दावीसहित प्रेस काउन्सिललाई २०७५ बैशाख ६ गते लिखित जवाफ दिनुभएको थियो | त्यसपछि पनि सामाजिक संजालमार्फत अशिष्ट, अपुष्ट र आपत्तिजनक टिप्पणीहरु प्रेस काउन्सिलका सन्दर्भमा पोष्ट गर्दै आउनु भएपछी काउन्सिलले उहाँको नेपाल बसाई र यहाँ रहँदा काम गर्ने वैधताबारे सम्बन्धित निकायहरुमा २०७५ असार ४ गते पत्राचार गरेको थियो | त्यसको २४ घण्टा नबित्दै २०७५ असार ६ गते निज लामिछानेले आफूले अमेरिकी दुतावासमा रु. २,५८,५००/- दस्तुर बुझाई अमेरिकी नागरिकता र राहदानी परित्याग गरेको जानकारी गराउंदै अध्यागमन विभागलाई निवेदन दिनुभएको छ |'

काउन्सिलले बिज्ञप्तिमा लेखेको छ – 'नेपालमै रही संचारसम्बद्ध पेशा व्यवसायमा संलग्न  हुने लामिछानेको व्यक्तिगत रुचीको कदर गर्दै प्रेस काउन्सिल नेपाल उहाँलाई सार्वभौम राष्ट्रको प्रचलित नियम, कानुन, विधी, प्रक्रियाको पूर्ण परिपालना गर्न, पेशागत मर्यादामा ध्यान दिन तथा आफ्ना लेखाई वा प्रस्तुतिहरुमा शिष्टता, जिम्मेवारीबोध र पेशागत शुद्धताको ख्याल गर्दै विधुतीय कारोवार ऐन लगायत तत् सम्बन्धि प्रचलित अन्य कानुनहरुको समेत उल्लघन नहुने कुरामा ध्यान पुर्याउन निर्देशित गर्दछ |'

प्रेस काउन्सिलले जारी गरेको बिज्ञप्तिमा काउन्सिलको कामकारवाही उपर बदनियतपूर्ण र अवान्छित टिका-टिप्पणी भईरहेको भन्दै त्यसप्रति दु:ख व्यक्त गर्दै तथ्यसहितको तर्कविना कुनै पनि खालका टिका-टिप्पणी नगर्न/नगराउन आग्रह समेत गरेको छ |