Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सीधा कुरा जनतासँग कार्यक्रमको विषयमा प्रेस काउन्सिलका पदाधिकारीलाई धम्कि दिने २ पक्राउ

By kit 2 मिनेट पढाइ

असार १३, काठमाडौँ | महानगरीय अपराध महाशाखाले प्रेस काउन्सिल नेपालका पदाधिकारीको मान प्रतिष्ठामा आघात पुर्याउने गरी सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई जनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले न्यूज २४ टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रम ‘सीधा कुरा जनतासँग’ उपर परेको उजुरीका आधारमा छानबिनका घटनालाई आधार बनाई सामाजिक सञ्जालमा जथाभावी लेख्ने इलाम घर भई ललितपुर बस्ने विनोद गौतम र नवलपरासीका ३६ वर्षीय विष्णु ढकाललाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये गौतमलाई टेकु र ढकाललाई नवलपरासीको सुनवलमा पक्राउ गरी आज काठमाडौँ ल्याइएको हो । उनीहरुलाई विद्युतीय कारोबार ऐनअन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौँमा अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम रु एक लाखसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । रासस