Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

तङ्ग–इल मो–दो संघको नेतृत्वमा पौडेल, मार्सल आर्टको विकासमा लाग्ने सांसदको भनाइ

By साझासवाल

असार १७, काठमाडौं | राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघको दोस्रो राष्ट्रिय महाधिबेसनले सन्तोष पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

संघको उपाध्यक्षद्वयमा ईश्वर भट्ट र प्रकाश श्रेष्ठ, महासचिवमा बिष्णु गिरी निश्चल, सचिवमा रबि पराजुली, कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ, सदस्यहरुमा लीलानाथ घिमिरे, दिपक बास्तोला, सुनिता चौधरी, सरिता पौडेल, दिपा पुरी, अशोककुमार चौधरी, हेमराज अधिकारी, राजेन्द्रमुर्ति पन्त, केशव श्रेष्ठ, ढुण्डीराम खनाल र ज्ञानेन्द्र श्रेष्ठलाई चयन गरेको छ । निर्बाचित पदाधिकारीलगायत सदस्यहरुलाई राष्ट्रिय खेलकुद परिषदका खेलकुद विभाग प्रमुख कुलबहादुर थापाले सफथ खुवाएका थिए ।

अधिबेसनको उद्घाटन राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले गरेका थिए ।सांसद बिडारीले तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएकोमा गर्व गरे । उनले भने, ‘अहिलेको राजनीतिक फोहरी भएको छ । यसलाई खेलले मात्रै स्वच्छ बनाउन सक्छ ।’ खेलको माध्यबाट भातृत्वको विकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान रहने हुँदा आफूले खेलसम्बन्धी नीति निर्माणमा पहल गर्ने बताए ।

कार्यक्रममा पूर्वसांसद मिलन कुमारी राजबंशीले तङ्ग ईल मोदो खेल विश्वप्रसिद्ध शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्वभरी  शान्ति स्थापना गर्ने उद्देश्यले स्थापना गरेको संस्मरण गर्दै यस खेलले राष्ट्रको नाम बिश्वमा चिनाउन भहत्वपूर्ण भूमिका खेल्ने बताईन् ।

तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले खेलको माध्यमबाट युवा वर्गमा नैतिक शिक्षाा दिन सकिने बताउँदै तङ्ग–इल मो–दो यसमा सफल हुँदै गएको बताए । उनले खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउन र नैतिकवान् बनाउन संघ लागेको उल्लेख गरे ।

महाधिवेशन उद्घाटनको अवसरमा तङ्ग–इल मो–दोका खेलाडीहरुले खेल कौशल पनि प्रस्तुत गरेका थिए ।। महाधिबेसन देशभरका १७ जिल्लाबाट ५४ जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।