Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सत्याग्रही गंगामाया अधिकारीको खस्किदो स्वास्थ्य अवस्थाप्रति चिन्ता

By kit 3 मिनेट पढाइ

असार १९, काठमाण्डौ | एक महिनादेखि आमरण अनसनरत सत्याग्रही गंगामाया अधिकारीको खस्किदो स्वास्थ्य अवस्थाप्रति मानव अधिकार तथा शान्ति समाज चिन्तित भएको छ ।

शान्ति समाजका सभापति डा.गंगाधर अधिकारीको नेतृत्वमा महासचिव उत्तम पुडासैनी, काठमाडौं जिल्ला सभापति रामकृष्ण बराल, बिभागीय संयोजक बाबुराम न्यौपाने तथा शान्ति समाजका सदस्य सुर्य केसी सम्मिलित प्रतिनीधि मण्डल आज अपरान्ह गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुग्दा उहाँको स्वास्थ्य अवस्था गम्भिर हुँदै गैरहेको भन्दै  भेटघाटमा बन्देज लगाईएको थियो ।

१३ वर्षअघि भएको छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नहरुलाई कारबाहीको मागगर्दै एक महिनादेखि आमरण अनसनमा बस्नुभएकी सत्याग्रही अधिकारीको स्वास्थ्यस्थिति गम्भीर बन्दै गएकोप्रति शान्ति समाजको ध्यानाकर्षण भएको छ ।

अदालतको आदेशको पालनामा सरकारले देखाएको उदासिनता निन्दनीय रहेको छ। सदैव लोकतान्त्रिक मुल्य, कानुनी शासन र व्यक्तिका स्वतन्त्रताहरुप्रति गम्भीर र प्रतिवद्ध बन्न सरकारलाई शान्ति समाजले आग्रह गरेको छ। सत्याग्रही गंगामाया अधिकारीको खस्कँदो स्वास्थ्य अवस्थाप्रति गम्भिर बन्दै उनको जीवन रक्षाका लागि सम्बेदनशील बन्न पनि मानब अधिकार तथा शान्ति समाजले सरकारसंग अनुरोध गरेको छ |