Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

राजपाद्वारा अनशनरत शिक्षकको जीवन रक्षा गर्न माग

By साझासवाल

असार २४, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले यही असार २१ गतेदेखि काठमाडौँको खुल्लामञ्चमा आमरण अनशनरत शिक्षकको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।

राजपा नेपालका संयोजक महन्थ ठाकुरले आज विज्ञप्तिमार्फत वर्षौंदेखि सरकारको स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी र करार शिक्षकसँग सहमति विपरीत चालिएको कदम अन्यायपूर्ण भएको जनाएको छ ।

अस्थायी र करारमा कार्यरत शिक्षकको वृत्तिविकास, जीविकोपार्जन र जागिरको ग्यारेन्टी एवं अनशनरत शिक्षकको जीवन रक्षा गर्न राजपा नेपालले सरकारसँग माग गरेको छ ।