Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रंगपत्रकार गोपिकृष्ण सम्मानीत

By kit 4 मिनेट पढाइ

असार २५, काठमाडौं । रंगपत्रकार गोपिकृष्ण चापागाईं सम्मानीत भएका छन् । ओएस नेपाल म्यूजिक अवार्डको दोश्रो संस्करणमा चापागाईंलाई युवा पत्रकारिता सम्मान तथा प्रोत्साहन पुरस्कार प्रदान गरियो ।

उनलाई नेपाली रंग पत्रकारिताको माध्यमबाट नेपाली गीतसंगीत तथा कलक्षेत्रमा योगदान पुर्याएको भन्दै दोसल्ला र सम्मान पत्रसहित प्रोत्साहन स्वरुप नगद रु. पाँच हजार प्रदान गरियो । चापागाईं बिगत केहिबर्ष देखी हिमालय टाइम्स राष्ट्रिय दैनिक तथा आर्टिष्ट खबर डटकम अनलाइनमा आबद्ध छन् । आइतबार राष्ट्रिय नाँचघर जमलमा सम्पन्न अवार्ड समारोहमा उनलाई सांसद तथा गायिका कोमल वलीले सम्मान पत्र प्रदान गरेकी थिइन् । सम्मान पत्र ग्रहण गर्दै चापागाईंले आयोजक ओएस नेपाल डटकमलाई धन्यवाद दिए ।

उनीसँगै युवा पत्रकारिता सम्मान तथा प्रोत्साहन पुरस्कार रमाइलो छ डटकमका उत्सव रमाइलीले पाए । यस्तै अन्य ८ पत्रकारलाई ओएस नेपाल पत्रकारिता सम्मान २०७५ बाट सम्मान गरियो । कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई, एनटिभि प्लसमा आबद्ध रहेका दिनेश सिटौला, रेडियो काठमाण्डौका स्टेसन म्यानेन्जर चन्द्रमणि गौतम,  टिभी टुडेका लोक संचारकर्मी रमेश बस्नेत, अनलाइन पत्रिका रातोपाटीका कुबेर गिरी, नागरिक दैनिकका सामिप्य तिमिल्सिना, रेडियो नेपालका राम अविरल थापा, मिलाप मासिककी गीता अधिकारी र पत्रकार सिमा गुरुङलाई ओएस नेपाल पत्रकारिता सम्मान २०७५ बाट सम्मानीत गरियो ।

ओएस नेपाल म्युजीक अवार्डले प्रत्येक बर्ष नेपाली कलाक्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याउँदै आएका केहि पत्रकारहरुलाई सम्मान गर्ने गरेको छ ।  कार्यक्रम संयोजक बिवेक कार्कीका अनुसार अन्य बर्षमा पनि कलाक्षेत्रका पत्रकारहरुलाई सम्मान गरिने बताए ।