<p><b>असार ३०, काठमाडौँ । </b>मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा आज बा ७ ख ९४७५ नं को टिपरले ठक्कर दिँदा बा ९६ प ४९११ नम्बरको मोटरसाइकलमा सवार १८ वर्षीय अनुजा घिमिरेको मृत्यु भएको हो । </p><p>महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनामा घाइते घिमिरेको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिनुभयो । </p><p>मोटरसाइकल चालक २६ वर्षीय अनुज घिमिरे भने घाइते भएका छन् । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । (रासस)</p>
July 14, 2018
काठमाडौँ - KTM, समाज
सोल्टीमोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १८ वर्षीय अनुजाको मृत्यु
By साझासवाल
2 मिनेट पढाइ










