Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पाकिस्तानः मतदान केन्द्रमा बम विस्फोट, २८ को मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

<p>साउन ९, क्वेटा,पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् ।&nbsp;</p><p>पाकिस्तानमा आज जारी राष्ट्रव्यापी आम निर्वाचनमा करिब १० करोड ६० लाखले मतदान गर्दैछन् ।&nbsp;</p><p>मतदान केन्द्रमा प्रवेश गर्न लागेका आत्मघाती आक्रमणकारीलाई प्रहरीले रोकेका थिए । तर उनले प्रवेशद्वारमा नै विस्फोटन गराएको क्वेटास्थित स्थानीय अधिकारी हासिम गिल्जाईले बताएका छन् ।&nbsp; (रासस/एएफपी):&nbsp;</p>