Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

त्रिशुलीमा बस खस्यो: ५ को मृत्यु, २३ घाइते

By kit 2 मिनेट पढाइ

साउन ११, चितवन । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको यात्रुवहाक बस त्रिशूली नदी किनारमा खस्दा ५ जनाको मृत्यु भएको छ | दुर्घटनामा २३ यात्रु घाइते भएका छन् ।

ना ६ ख २५०६ नम्बरको बसलाई ना ५ ख ७४०९ नम्बरको ट्रकले ठक्कर दिदा करिब सय मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।

मृत्यु हुनेमा तीन जना पुरुष र दुई महिला रहेका छन् । एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते २३ जनालाई उद्दार गरी चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको चितवनका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरु सवैको उद्दार भइसकेको पनि प्रहरीले बताएको छ । घटनालगत्तै चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरी, नेपाल प्रहरी उद्दारमा खटिएका थिए ।