२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्धिको आधार तय हुन गरीे विकास गर्नुपर्ने : मुख्यमन्त्री राई

२०७५, १३ श्रावण आईतवार १२:१९

साउन  १३, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको समृद्धिको आधार तयार हुने गरी विकास निर्माणको कार्य थालनी हुनुपर्ने बताउनुभएको छ । 

प्रदेश नं १ भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय आर्थिक वर्ष २०७४/७५ को आज यहाँ आयोजित प्रगति समीक्षा बैठकमा उहाँले छोटो अवधिमा विभिन्न कठिनाइ र अभावबीच पनि सडक, पुल, भवन, रंगशाला, सिँचाइ र खानेपानी योजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गर्न सफल भएकामा प्रशंसा व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री राईले सडक वर्गीकरण गुरुयोजना तयार गर्नुपर्नेमा जोड दिँदै आगामी पाँच वर्षभित्र प्रदेशका सडकमा कालोपत्र देखिने गरी बजेट कार्यान्वयनको आवश्यकता औँल्याउनुभयो । 

उहाँले १ प्रदेश निर्वाचन क्षेत्रमा सडक, पुल र नदी नियन्त्रण भवन, सिँचाइ आदि क्षेत्रका आयोजना छनोट गरी कार्य गर्नुपर्नेमा जोड दिँदै जनताको विकासप्रतिको चाहना र सरकारको सुशासन कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । 

मुख्यमन्त्री राईले व्यवस्थित शहरको विकासका लागि ढल, सडक र फोहरमैला व्यवस्थापनका लागि स्थानीय सरकारसँगको हातेमालो गर्न प्रदेश सरकार तयार रहेको भन्दै शहरलाई कुरुप देखाउने केवलका तार भूमिगत गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले प्रदेशका १४ जिल्लाको एक÷एक स्थानमा एकीकृत बस्ती विकासमा निर्माण गर्न वर्तमान सरकार कटिबद्ध रहेको बताउँदै यसबाट प्रदेश सरकारको बजेट खर्च कम हुनुका साथै शहर सुन्दर र व्यवस्थित हुने धारणा व्यक्त गर्नुभयो ।। 

समीक्षा बैठकमा प्रदेश प्रमुख सचिव सुरेशमान प्रधानले प्रदेश सरकारले निर्माण गरेका विकासका पूर्वाधारमा देखिने गरी विस्तृत विवरण साइन बोर्ड राख्नुपर्नेमा जोड दिँदै समुन्नतिको आधार पूर्वाधार विकास भएको बताउनुभयो । 

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सागरकुमार राईले पाँच महिनाको छोटो अवधिमा उद्देश्यअनुरुप कार्य गर्न सफल भएको बताउनुभयो । 

समीक्षा बैठकमा आवास तथा शहरी विकास महाशाखाका प्रमुख मिलन आचार्य, सडक तथा व्यवस्थापन महाशाखाका प्रमुख रेवतीरमण पराजुली, जलस्रोत तथा ऊर्जा विकास महाशाखाका प्रमुख सयनकुमार श्रेष्ठ र प्रशासन, योजना तथा अनुगमन महाशाखाका प्रमुख अशोकुमार साह र जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय झापाका एकराज भट्टराईले आ–आफ्नो शाखाअन्तर्गत आव २०७४÷७५ र आगामी आव २०७५÷७६ मा गर्ने कार्यका सम्बन्धमा अवधारणा प्रस्तुत गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा