Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विकासका लागि भ्रष्टाचार बाधक छ : अध्यक्ष राणा

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन १४, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर जवराले मुलुकमा बढ्दै गएको महँगी र भ्रष्टाचारलाई सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभएको छ ।

पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “बजार नियमन र अनुगमनलाई सरकारले तीव्रता दिन नसकेका कारण पछिल्लो समयमा दिनहुँजसो उपभोग्य वस्तुको मूल्य बढ्दै गएको छ ।”

अध्यक्ष राणाले दुई तिहाइ बहुमतप्राप्त वर्तमान सरकारले अनियमितता गर्ने कर्मचारी, व्यापारी, राजनीतिज्ञ, समाजसेवी लगायतलाई दण्डित गर्नुपर्नेमा जोड दिँदै देश विकासका लागि भ्रष्टाचार बाधक रहेको बताउनुभयो ।

जनताको चाहना शान्त र समृद्ध नेपाल निर्माण रहेको उल्लेख गर्दै उहाँले मुलुकमा बढ्दै गएको वैदेशिक चासोले देशको हित नगर्ने बताउनुभयो ।

अध्यक्ष राणाले भन्नुभयो, “मुलुकको राष्ट्रिय एकता र अखण्डतालाई बलियो बनाउन राष्ट्रवादी शक्तिको खाँचो छ, त्यसका लागि राष्ट्रवादी चिन्तन भएका सबै पार्टी एकताबद्ध हुन आवश्यक छ ।”

पार्टीका महामन्त्रीद्वय ध्रुवबहादुर प्रधान र राजाराम श्रेष्ठ, महिला विभाग प्रमुख कमला शर्मा, प्रवक्ता राजेन्द्र गुरुङलगायतले पार्टीका वैचारिक दृष्टिकोण तथा आदर्शलाई देशभरका कार्यकर्तामार्फत जनतालाई बुझाउनुपर्नेमा जोड दिदैं स्थानीय जनताको विभिन्न समस्या समाधानका लागि संगठन क्रियाशील भई संगठन सुदृढीकरण गर्नुपर्ने बताउनुभयो ।

सहप्रवक्ता किरण गिरीले अनावश्यकरुपमा बढाएको करको दायरालाई घटाउन सरकारलाई दबाब दिने उद्देश्यले पार्टीले सशक्त कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा राप्रपा परित्याग गरी पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागतसमेत गरिएको थियो ।  (रासस)