<p><b>साउन १७, काठमाडौं । </b> आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १२ पैसा र बिक्रिदर २९ रुपैयाँ २८ पैसा रहेको छ ।</p><p>त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रिदर ३० रुपैयाँ १६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रिदर २९ रुपैयाँ ८९ पैसा तोकेको छ ।</p><p>मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८६ पैसा र बिक्रिदर २७ रुपैयाँ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रिदर ९ रुपैयाँ ८२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६० रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३ सय ६२ रुपैयाँ ६६ पैसा रहेको छ ।</p><p>बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ ९५ पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ५४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।</p>
August 2, 2018
काठमाडौँ - KTM, समाज
आजको विदेशी मुद्राको विनिमयदर कुन देशको कति ?
By साझासवाल
2 मिनेट पढाइ










