साउन १८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको रन वे मा समस्या देखिएपछि जहाज अवतरण हुन सकेका छैनन् । रन वे मा पानी जमेर पिच उक्किएर समस्या देखिएपछि मर्मतको लागि होल्ड गराइएकोले अवतरणमा समस्या देखिएको विमानलस्थल श्रोतले जनाएको छ । हाल मर्मत कार्य सकिन लागेकोले केहि बेरमै पुन सेवा सुचारु हुने जनाइएको छ ।
अवतरणमा समस्या देखिएपछि कतार एयरवेज, वुद्ध एरलाइन्सका जहाजले आकाशमै ८ पटक भन्दा बढी राउण्ड लगाइसकेका छन् ।