<p><b>साउन २१, काठमाडौँ | </b>काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालीले विदेशमा प्राप्त गरेको श्रम, सीप र पूँजीलाई नेपाल भित्र्याउन सक्दो पहल गरिने बताउनुभएको छ । <br></p><p>एशिया प्यासिफिक सिटी सम्मेलनमा जापान भ्रमणका प्रमुख शाक्यले त्यहाँ रहेका नेपालीसँगको छलफलमा उक्त कुरा बताउनुभएको हो । फुकुओकाका मेयर ताकासिमाको विशेष निमन्त्रणामा जापान जानुभएका शाक्य फुकुओकामा भएको सम्मेलनमा सहभागी हुनभएको थियो । सम्मेलनमा शहर व्यवस्थापनसँग जोडिएका चुनौती विषयमा छलफल भएको थियो । शहरमा हुनुपर्ने न्यूनतम आधार, विकासका सूचकलगायत विभिन्न देशका विभिन्न शहरसँगको अन्तर्सम्बन्ध बढाउने अवसर प्राप्त भएकाले सममेलन महत्वपूर्ण भएको शाक्यले बताउनुभयो । प्रमुख शाक्य यही साउन १५ गते त्यसतर्फ जानुभएको थियो । </p>
August 6, 2018
काठमाडौँ - KTM, समाज
विदेशमा रहेका नेपाली श्रम, सीप र पूँजी नेपाल भित्र्याइने
By kit
2 मिनेट पढाइ










