<p>साउन २५, काठमाडौं | काठमाडौं महानगरपालिका–२८ कालिकास्थानस्थित पाथ सेट कन्सलटेन्सी अफिस पछाडि सुनसरी ईटहरी उपमहानगरपालिका–६ घर भई हाल काठमाडौं अनामनगर बस्ने स्वेता उप्रेतीले पार्किङ गरी राखेको बा.५०प ७६६३ नम्बरको स्कुटर र सो स्कुटरको डिक्की भित्र रहेको नगद ९ लाख रुपैयाँ बिहीबार चोरी भएको बताइएको छ ।<br></p><p>फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।</p>
August 10, 2018
काठमाडौँ - KTM, समाज
पार्किङमा राखिएको स्कुटीबाट ९ लाख रुपैयाँ चोरी
By साझासवाल
1 मिनेट पढाइ










