२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान बस्ने एक नेपालीले यसरी बनाए परिवारको बिचल्ली

२०७५, ३० श्रावण बुधबार ०६:४०

साउन ३०, काठमाडौं । १५ वर्षदेखि जापानमा बस्दै आएका एक नेपाली डाक्टर कमल लामिछानेले श्रीमती र छोरीको बिचल्ली पारेका छन् ।

१५ वर्षदेखि जापानमा बस्दै आएका चितवनको कालिका नगरपालिका –७ स्थायी ठेगाना भएका  डाक्टर लामिछानेले श्रीमती अनुराधा भट्टराई र छोरी रिजुलाई हेरचाह नगरी सम्पत्ति समेत नदिई अलपत्र पारेका हुन् ।


पीडित श्रीमतीले पति लामिछानेले कुनै हेरचाह नगरेको भन्दै काठमाडौं जिल्ला अदालत  काठमाडौंमा अंशबण्डाको मुद्दा नै दायर गरेपछि यस्तो रहस्य खुलेको हो । पीडित अनुराधाले गएको चैत ७ गते दर्ता गराएको फिराद पत्रमा मुलुकी ऐन अदालती बन्दोबस्तको ८२ नम्बरले आफ्नो हकमा पुग्ने अंशबन्डाको १,२,३ र १० नम्बर समेतको आधारमा अंशबण्डा नभएको भन्दै अंशको दाबी गरिएको छ ।  

जसमा छोरी रिजुको हकमा साक्षीको रुपमा आमाको हैसियतमा  र आफ्नो हकमा समेत फिराद माग दाबीसहित अंश दिलाई पाउँ भन्दै निवेदन दिइएको छ । 

मुद्दामा अनुराधाले कमलसँग २०७० असार २६ मा बिबाह भएको र विवाह भएको १० दिनमा दुवै जना जापान गएको बताईएको छ । जापानमै पिएचडी गरेका कमल हाल जापानकै सुकुवा युनिभर्सिटीमा कार्यरत छन् । उनी अप्रत्यक्ष रुपमा रेष्टुरेन्ट व्यवसायमा समेत लागेको बताइएको छ । उनी दृष्टिविहीन छन् । दृष्टिविहीन भएकै फाइदा उठाउँदै कमलले आफ्नी श्रीमती र छोरीले पाउनु पर्ने अंश समेत नदिई आफुले घरबाट आजका दिनसम्म अंश समेत नलिएको बताउँदै आएका छन् । 

डा. लामिछानेले सबै व्यक्तिहरुको रोहबरमा सबै अंशियारहरु सँगै बसी सम्पूर्ण हिसाब किताब गरेर २०७३ चैत १२ गते मालपोत कार्यालय डिल्लीबजारबाट आफ्नो अंश लिएको परिवार स्रोतले बताएको छ । उनले २०७३ फागुन १२ गते आमा दाई कसैलाई थाहा नै नदिई अंश पाऊँ भनी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । उनले पाउनु पर्ने सबै अंश परिवारबाट पाईसकेको बताईएको छ । उनले आफ्नो अंश सबै पाईसकेपनि श्रीमती र छोरीलाई अंश पाएको छैन भनी झुटो बोल्दै आएको भनी उनकै श्रीमतीले मुद्दा हालेकी हुन् । 

फिराद मागपत्रमा परिवारको संख्या बढ्दै जाँदा परिवारमा विभिन्न समस्या आउँदा छुट्टाभिन्न होऔं भन्दा केहि सुनुवाई नभएको र पछिल्लो समय परिवारमा थप तनाव हुँदा बोलचाल नै बन्द भएको उल्लेख  गरिएको छ ।  परिवारमा तनावपछि  श्रीमानले नै पनि रेखदेख नगरेको कारण निकै कष्टका साथ जीवन चलाउनु परेकाले अदालतको शरणमा पर्नुपरेको उल्लेख गरिएको छ । 

अदालतमा दायर गरिएको निवेदनमा भनिएको छ, ‘हाम्रो घर परिवारमा सम्पत्ति भएर पनि सम्पत्ति नभएजस्तो गरेर बस्नु परेको कारण जीवन सञ्चालन कठीन भएकाले प्रस्तुत फिराद लिई यस अदालतको शरणमा आएका छौं ।’

वादी र प्रतिवादी चितवनस्थित साविकको जुटपानी स्थायी ठेगाना भई हाल काठमाडौंको कुलेश्वर १४ स्थित लिंकमार्गका हुन् । कमल र अनुराधा छोरी सहित जापानमा बस्दै आएको भएपनि परिवारका अन्य सदस्य चितवन र कुलेश्वरमा बस्दै आएका छन् । 

अनुराधाले प्रतिवादी बनाएर श्रीमानसहितका परिवारका सदस्यलाई अदालतमा मुद्दा दायर गरेपनि कमलले  छलछाम गरेको  बताइएको छ । 

जापानको विश्वविद्यालयको प्रोफेसर जस्तो उच्च तहको हैसियत भएर पनि आफ्नो श्रीमान्ले हामीलाई रेखदेख नगरी पीडित बनाएकोले दुखको जीवन बाँच्नु परेको अनुराधाले बताईन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस