<p><b>साउन ३१, काठमाडौं |</b> राष्ट्रियसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ पेश गर्नुभएको छ । <br></p><p>बैठकसमक्ष विधेयक पेश गर्दै मन्त्री ढकालले अपराध पीडितको हक संरक्षण, क्षतिपूर्ति र उनीहरुलाई समाजमा पुनस्र्थापित हुन विधेयकले मद्दत पुर्याउने बताउनुभयो । बैठक राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको अध्यक्षतामा बसेको थियो । </p><p>राष्ट्रियसभाको अर्का बैठक भदौ ४ गते बिहान ११ बजे बस्नेछ । रासस</p>
August 16, 2018
काठमाडौँ - KTM, समाज
विधेयक पेश
By kit
2 मिनेट पढाइ










