भदौ ९, काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कडा कारवाहीको माग गर्दै काठमाडौँको विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।

बलात्कारपछि हत्या गरिएकी किशोरी पन्तको हत्यारालाई पक्राउ गरी तत्काल कडा कारबाही गर्न सरकारलाई दवाव दिँदै शनिबार काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध र्यालीसहितको प्रर्दशन प्रर्दशन गरिएको हो ।
प्रर्दशनकारीहरुले बलात्कार गर्नेमाथि फाँसी दिने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।
सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको प्रर्दशनमा महिला हिंसा, बलात्कार, हत्यालगायतका घटना दिनप्रतिदिन बढिरहँदा पनि शान्ति सुरक्षाको उचित व्यवस्था गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरिएको छ ।
त्यसक्रममा प्रर्दशनकारीहरुले नयाँ बानेश्वर चोकमा कञ्चनपुरकी किशोरी पन्तको हत्या भएको घटनालाई लक्षित गरेर सडक नाटक पनि प्रस्तुत गरेका थिए ।