Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

काठमान्डौको डान्सबारमा काम गर्ने एक युवतीको रहस्यमय मृत्यु, प्रेमी पक्राउ

By kit

भदौ ११, काठमाडौ | सुन्धाराको रोयल ग्यालेन्सी डान्सबारमा काम गर्ने एक युवतीको रहस्यमय मृत्यु भएको छ।

साँखु घर भई तारकेश्वरको शेषमति डेरा गरी बस्ने २० वर्षीया जेनिशा भन्ने कोपिला श्रेष्ठको  मृत्यु भएको हो। श्रेष्ठको आइतबार बेलुका त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । प्रहरीले अनुसन्धानका लागि उनका प्रेमी सागर भन्ने बहादुर कार्कीलाई पक्राउ गरेको छ।  युवतीको चिउँडोमा चोट छ।

प्रेमीले प्रहरीलाई बताए अनुसार उनीहरु दुवै जना मदिराले मात्तिएका थिए | आफु ट्वाइलेट गएको बेला युवती झुण्डिएको युवकले बताए । युवकले उनलाई आफैले ट्याक्सी खोजेर अस्पताल पुर्याएका थिए । युवतीलाई अस्पतालले बेलुका करिब ८ बजे मृत घोषणा गरेको थियो । युवक अस्पतालबाटै पक्राउ परेको प्रहरीले जनाएको छ । घटनाको बारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ |

युवती विवाहित हुन् । तर, श्रीमान्‌सँग सम्बन्ध राम्रो थिएन । युवक पनि विवाहित हुन् । नवलपरासी बर्दघाट नगरपालिका–१५ घर भएका उनकी श्रीमती वैदेशिक रोजगारमा कुवेतमा छिन् ।