२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समयसीमा भित्रै विकास निर्माणको काम सक्न प्रमले दिए यस्तो निर्देशन

२०७५, ३० भाद्र शनिबार ०९:१६

भदौ ३०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयसीमाभित्रै विकास निर्माणका काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । नेपाल निर्माण व्यवसायी सङ्गठनले आज यहाँ आयोजना गरेको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले तोकिएको समयमा काम नगर्ने प्रवृत्तिले मुलुकको हित नगर्ने र आर्थिक समृद्धिका लागिसमेत मार्गप्रशस्त गर्न नसक्ने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई ठेक्का दिँदा सरकारले पहिलो प्राथमिकतामा राख्ने घोषणा पनि गर्नुभयो । उहाँले मुलुकलाई समृद्ध बनाउने अभिभारा निर्माण व्यवसायीको काँधमा आएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न प्रतिबद्ध भएर लाग्नसमेत निर्माण व्यवसायीलाई सचेत गराउनुभयो । 

निर्माण व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारले मुलुकको आर्थिक समृद्धिका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने उल्लेख गर्नुभयो । उहाँले सरकारले शुरु गरेका विभिन्न रचनात्मक कार्यहरुले गति लिने बेला आएको पनि स्पष्ट पार्नुभयो । 

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायमा रहेको कमजोरी हटाएर समयमै गुणस्तरीय काम गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारका तर्फबाट कर्मचारी प्रशासनमा रहेको कमजोरी, ऐन कानूनले पारेको प्रभावलगायतका समस्या समाधानका लागि सरकारले सकारात्मक पहल गर्नेछ ।” 

आन्तरिकरुपमा नै निर्माण व्यवसायभित्र रहेको समस्या समाधान गरेर सुरक्षित र स्वच्छ वातावरण नबनाउँदासम्म विदेशी लगानीकर्ता र निर्माण व्यवसायीलाई भित्र्याउन नसकिने भएकाले आफूहरु त्यसका लागि सकारात्मक रहेको अध्यक्ष दाहालको भनाइ छ । 

अध्यक्ष दाहालले भन्नुभयो, “केही ठूला व्यवसायीको एकाधिकार तोडेर सबैले समानरुपमा काम गर्ने अवसर प्राप्त गर्नेछन् । समयमै काम सम्पन्न गर्ने व्यवसायीलाई विशेष सुविधा दिन पनि प्रयास गरिनेछ ।” 

भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा व्यवसायीले उठाएका माग सम्बोधन गर्न सरकारले निर्णय गर्नेसमेत उहाँको भनाइ थियो । सरकारले नयाँ युगतिर मुलुकलाई अगाडि बढाउने प्रयास गरेको भन्दै अध्यक्ष दाहालले यस ऐतिहासिक अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । ‘समृद्ध नेपाल र सुखी नेपाली’ को सङ्कल्पलाई पूरा गर्दै समृद्धिको महायात्रालाई पूरा गरेरै छाडिने उहाँले स्पष्ट पार्नुभयो । 

तत्कालीन नेकपा(एमाले) निकट नेपाल निर्माण उद्योग परिषद् र तत्कालीन नेकपा(माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय निर्माण व्यवसायी महासङ्घबीच एकता भई नेपाल निर्माण व्यवसायी सङ्गठन स्थापना भएको सो अवसरमा जानकारी गराइयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ