Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हेड्स नेपालको अध्यक्षमा बानियाँ ।

By साझासवाल 4 मिनेट पढाइ

भदौ ३०, काठमाडौँ | दीलो ज्यानले मानव समुदायको सेवा गरौ भन्ने मूल नाराका साथ हेड्स नेपाल (HEADS-Nepal) को नवौँ महाधिवेशन तथा २५ औँ साधारण सभा आज भाद्र ३० गते  शनिवार साँझ बनस्थली काठमाण्डौँमा सम्पन्न भएको छ ।

अभाव, आकस्मिकता र आवश्यकतामा स्वास्थ्य शिक्षा, कृषि र सामाजिक विकास क्षेत्रमा मानवीय सहयोगको असल साथी बन्ने सँस्थाले घोषणा गरेको छ ।

महाधिवेशनले आगामी २ वर्षको लागि सँस्थाको अध्यक्षमा इश्वर चन्द्र बानियाँ र उपाध्यक्षमा  राजकुमार श्रेष्ठलाई निर्वाचित गरेको छ ।

त्यस्तै उपाध्यक्षहरुमा पुष्पराज पौडेल, चन्द्रमान श्रेष्ठ, महेन्द्र बानियाँ, राम बहादुर श्रेष्ठ, दुर्गा मानन्धर र तिलक प्रसाद लुँइटेल हुनुहुन्छ । रामकृष्ण धरेल महासचिवमा, कोषाध्यक्षमा कमला अंगाई, प्रथम सचिवमा करुणा श्रेष्ठ र द्धितीय सचिवमा गीता पनेरु र सहसचिवमा खगेश्वर अधिकारी निर्वाचित हुनुभएको जानकारी हेड्सका सँस्थापक सदस्य प्रतापराज वन्तले जानकारी दिनुभयो ।

यस अघि, तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहराले दीप प्रज्ववल गरी  कार्यक्रमको सुभारभ्भ गर्नुभएको थियो । कार्यक्रममा प्रा.डा. शास्त्रदत्त पन्तले विशेष सम्बोधन गर्दै भन्नुभयो ः बैदेशिक सहयोगको पछि नलागी आफै उत्पादन गरी सँस्था सञ्चालनको उदारण हेड्सले दिएकोले यो एउटा नमूना सँस्था हो ।

कार्यक्रममा सँस्थालाई विभिन्न तरिकाले सहयोग गर्नुहुने महानुभावहरु तथा पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

नेपालका ६५ भन्दा अधिक जिल्लाहरु र अमेरिका, जापान तथा अष्टेलिया लगायतका देशहरुमा सँगठन निर्माण गरेको हेड्स नेपालले कृषि उत्पादनमा जोड दिँदै गोरखाको बगुवामा श्रोत केन्द्र स्थापना गरी विरुवा उत्पादन, फलफूल उत्पादन र मत्स्यपालन जस्ता गतिवधि सञ्चालन गरिआएको छ । रक्तदान शिविर आयोजना, स्वास्थ्य उपचार क्याम्प सेवा, शैक्षिक छात्रबृति यसका लोकप्रिय गतिविधिहरु रही आएका छन् ।