२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कागेश्वरीमा बिहानैदेखि लाखौँ भक्तजनको भीड

२०७५, १ आश्विन सोमबार ०७:३६

असोज १, काठमाडौँ | प्रत्येक वर्ष भाद्रशुक्ल अष्टमीका दिन मेला लाग्ने राजधानीको उत्तर पूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा बिहानैदेखि लाखौँ भक्तजनको भीड लागेको छ । 

कागे अष्टमीसमेत भनिने आजका दिन यहाँ आई कागरुपी महादेवको पूजा तथा आराधना गरेमा काग स्पर्शबाट हुने अनिष्टबाट बचिने धार्मिक विश्वास छ । आज यहाँ लाग्ने मेलाको विशेष धार्मिक एवं सांस्कृतिक महत्व रहेको बताइन्छ । 

किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसैबेलादेखि वर्षेनी यहाँ मेला लाग्दै आएको हो । 

कागेअष्टमीमा धाममा गई हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने र खेतबारीमा रोपिएका मकै पनि कागले नखाने धार्मिक मान्यता छ । उक्त मेलामा हिन्दू र बौद्ध धर्मावलम्बीसमेत लाखौँको सङ्ख्यामा भीड लाग्ने गर्छ ।सत्ययुगमा सतीदेवीको अङ्ग पतन भएर यहाँ एक शिवलिङ्ग उत्पन्न भएको भनाइ स्वस्थानी व्रत कथामा उल्लेख छ । कागेश्वरी महादेवको मन्दिरमुनि र माथि रहेको छहरा एवं झरनाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ । 

यस क्षेत्रबाट उपत्यकाको दृश्यावलोकनसमेत गर्न सकिन्छ । 

यस अवसरमा वसन्तपुरस्थित कागेश्वरी मन्दिरमा पनि बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेका छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको यो स्थान प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ । प्राकृतिक सौन्दर्यको रसास्वादन गर्न आजका दिन यहाँ धेरै धार्मिक पर्यटक आउने गरेको मेला व्यवस्थापन समिति संयोजक श्याम लामाले बताउनुभयो । 

धामलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले २०० किलो अष्टधातुको कागको मूर्ति स्थापना गरिएको छ । यो मूर्ति संविधानसभा सदस्य रामेश्वर फुयाँलको पहलमा निर्माण भएको हो । कागको यो मूर्ति नेपालकै ठूलो मूर्ति हो । 

अष्ट धातुका कवाड सङ्कलन गरी विश्वकै ठूलो कागको मूर्ति बनाउने अभियानसमेत शुरु भइसकेको उहाँले सुनाउनुभयो । यो मूर्ति एक हजार किलोको बन्नेछ । कागेश्वरी–सुन्दरीमाई–शिवपुरी–गोकर्णेश्वर–नवतनधाम र पशुपतिनाथलाई जोडेर अन्तर्राष्ट्रिय पशुपति परिपथ निर्माण गरिनुपर्ने प्रदेशसभा सदस्य फुयाँलले बताउनुभयोे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ