२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिखर सुजले ल्यायो हरेक ग्राहकलाई हात खाली उपहार

२०७५, ८ आश्विन सोमबार ०९:२६

असोज ८, काठमाडौं | शिखर सुजले नजिकिँदै गएका दशैंतिहार लगायतका चाडपर्वलाई लक्षित ‘फेरि आयो पाडो किन्दा भैंसी उपहार’ योजना ल्याएको छ ।

दशैंतिहार नयाँ कपडा र जुत्ता किन्ने चाड भएकाले ग्राहकलाई उनीहरूको रोजाइ अनुसारका नयाँ डिजाइनका जुत्ता भर्खरै बजारमा ल्याएको शिखरले हरेकलाई हात खाली नजाने गरी उपहार योजनासमेत ल्याएको हो ।

योजनामा जुत्ता किन्ने ग्राहकमध्ये १ जनाले बम्परमा कार उपहार पाउने छन् । ग्राहकले २ हजार रुपैयाँभन्दा बढी मूल्यका हरेक जुत्ता खरिदमा लेडिज स्यान्डल उपहार पाउने शिखरले जनाएको छ ।

कम्पनीले हरेक जुत्ता चप्पल खरिद गर्ने उपभोक्तालाई हात खाली नजाने गरी स्क्र्याच कुपन समेत उपलब्ध गराउने छ । स्क्र्याचमा हरेकले नगद उपहार पाउने शिखरका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली बिजेताले ह्याच्ब्याक कार जित्ने छन् । 

शिखरले चाडपर्वलाई लक्षित गरेर भर्खरै १ सयभन्दा बढी प्रकारका नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ । ती डिजाइनमा पार्टी सुज, स्पोर्टस् सुज, क्याजुअल सुजका विभिन्न मोडल छन् । नेपाली जुत्तामध्ये धेरै ग्राहकको रोजाइमा पर्दै आएको शिखरले युवायुवती, स्कूले विद्यार्थी, कामकाजी ब्यक्तित्वलाई लक्षित ती गरेर हरेक सिजनमा नयाँ डिजाइनका जुत्ताचप्पल उत्पादन गरेर बजारमा लैजाँदै आएको छ ।

शिखरका पार्टी, स्पोर्टस, क्याजुअल जुत्ताबाहेक लेडिज तथा जेन्स स्यान्डल, कलेज स्कूल शु र अफिसियल शु बजारमा छन् । नेपाली जुत्तामध्ये शिखर सबैभन्दा बढी बिक्ने जुत्ता हो । कम्पनीले ग्राहकलाई ढुक्क भएर जुत्ता लगाउन सक्ने गरी आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेन्टी समेत दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो