२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भदौ महिनाभरी १७० महिला हिंसाका घटना, कुन प्रकृतिका घटना कति ?

२०७५, १२ आश्विन शुक्रबार ०६:१२

असोज १२, काठमाडौँ | पछिल्लो एक तथ्याङ्कअनुसार गत भदौ महिनामा मुलुकभर १७० महिला हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको ‘महिलामाथि भएको हिंसाको मासिक प्रतिवेदन’ मा १७० महिला हिंसाका घटना अभिलेखीकरण भएका छन् । 

महिला हिंसाका घटनामध्ये सबैभन्दा बढी ४८ महिला तथा बालिकामाथि बलात्कार भएको पाइएको छ भने ३५ जनामाथि कुटपिट, १८ जनालाई खानलाउन नदिने, विवाह दर्ता, जन्मदर्ता तथा नागरिकताजस्ता स्रोत सुविधाबाट बञ्चतीकरण गरिएको छ । 

त्यस्तै १७ जनामाथि गालीगलौज, धम्की, चरित्र हत्याका कारण मानसिक हिंसा भएको, १३ जनामाथि यौन दुव्र्यवहार र १२ महिलाको हत्या भएका तथ्याङ्क सङ्कलन गरिएको छ । हिंसा प्रभावित महिलामध्ये सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका ३१ प्रतिशत र १६ वर्षभन्दा कम उमेरका किशोरी तथा बालिका २५ प्रतिशत रहेका छन् । 

यसैगरी २६ देखि ३५ उमेर समूहका २१ प्रतिशत, ३६ देखि ४५ उमेर समूहका नौ प्रतिशत र ४६ वर्षभन्दा माथिका र उमेर समूह नखुलेका महिला सात÷सात प्रतिशत हिंसाबाट प्रभावित भएको तथ्याङ्कमा उल्लेख छ । हिंसा प्रभावितमध्ये सबैभन्दा बढी ३८ प्रतिशत श्रीमानबाट, २१ प्रतिशत छिमेकीबाट र परिवारका सदस्यबाट २० प्रतिशत महिला हिंसा प्रभावित भएका छन् । 

यसबाहेक पछिल्लो एक वर्षको तथ्याङ्क हेर्दा छ जना महिला तथा किशोरीमाथि एसिडको आक्रमणमा परेका छन् । वैवाहिक वा प्रेम प्रस्ताव एवं जबर्जस्ती यौन सम्पर्क राख्न अस्वीकार गर्दा, दाइजोको मामिला वा अन्य सामान्य झगडा आदिमा महिलाको अनुहार नै बिगार्ने उद्देश्यका साथ एसिड प्रहार गरेको देखिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल