असोज १६, काठमाडौं | ३० हजार घुस रकमसहित प्रहरी हवल्दार पक्राउ परेका छन् । सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नरूल अन्सारीलाई नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज बनाइदिने भन्दै घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मलंगवा नगरपालिका-१० टावरचोकबाट मंगलबार पक्राउ गरेको हो।
घटनाबारे अनुसन्धान भइरहेको अख्तियार अनुसन्धान आयोगले जनाएको छ |