Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रधानमन्त्री ओलीद्वारा श्रीपेच सार्वजनिक

By kit 3 मिनेट पढाइ

असोज २९, काठमाण्डौ | नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका छन् ।

नेपालमा राजसंस्थाको औपचारिक अन्त्यपछि राजाले पहिरिने उक्त श्रीपेच सोकेसभित्र राखिएको थियो । प्रधानमन्त्री ओलीले सोकेशभित्र राखिएको उक्त श्रीपेच अवलोकन गरि सार्वजनिक गरेका हुन् । अब संग्राहलय भ्रमण गर्ने सबैले यो श्रीपेच हेर्न सक्नेछन् ।

विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ ।

तत्कालीन राजाहरुले पहिरने श्रीपेचमा ७५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्र छन् । श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली भने वर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो ।

श्रीपेचमा कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडित छ । राजदण्ड र चमरमा भने सुनैसुन छ ।

अन्तिम राजा ज्ञानेन्द्र शाहले श्रीपेच लगाएका थिए । गणतन्त्र स्थापनापछि उनले सुरुमा श्रीपेच हस्तान्तरण गर्न चाहेका थिएनन् । तर, सरकारले राम्रो नहुने चेतावनी दिएपछि नेपाल सरकारलाई हस्तान्तरण भयो । लामो समयसम्म श्रीपेचलाई डिजिटल पासवर्ड प्रणाली भएको दराजमा राखिएको थियो ।