कार्तिक ६, काठमाडौं । साझा यातायात प्रालिले काठमाडौंमा विद्युत्तीय बस सेवा शुरू गरेको छ ।

विद्युत्तीय बस सेवा सञ्चालनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।

उपत्यकाको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको साझा प्रालिले जनाएको छ ।

विद्युत्तीय बसहरु चिनियाँ कम्पनीले निर्माण गरेका हुन् । साझाको व्यवस्थापनमा रहने ती बसहरु खरिदका लागि एडीबीले सहयोग गरेको साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए ।

चालकसहित २० सिटको क्षमताका ती बसहरुमा सीसी क्यामेरा जडान गरिएका छन् ।

काठमाडौंमा विद्युत्तीय बस सेवा शुरू