२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भद्रकाली आयल स्टोरलाई दुई लाख जरिवाना

२०७५, ७ कार्तिक बुधबार १२:१४

कात्तिक ७, काठमाडौँ | तोकिएभन्दा कम परिमाणमा इन्धन बिक्री वितरण गरेको भन्दै सरकारले गोठाटारस्थित भद्रकाली आयल स्टोरलाई रु दुई लाख जरिवाना गरेको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले आज गरेको अनुगमनका क्रममा सो आयल स्टोरले प्रतिलिटरमा २५ देखि ३५ एमएल इन्धन ठगी गरेको पाइएको थियो । 

तोकिएको परिमाणमा कमी गरी इन्धन बिक्री वितरण गरेको भन्दै अनुगमन टोलीले कार्यस्थलमै भद्रकाली आयल स्टोरलाई रु दुई लाख जरिवाना गरेको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभागको अनुगमन टोलीले उक्त आयल स्टोरको इन्धन भर्ने ‘नोजल’बाट तीनवटा नमूना सङ्कलन गर्यो, तीनै पटकको नमूनामा फरक÷फरक नतीजा पाइयो, तीन वटा नमूनाको परीक्षण गर्दा प्रतिलिटरमा २५, ३० र ३५ एमएल ठगी गरेको पाइयो ।” इन्धन भर्ने ‘नोजल’बाट प्रतिलिटरमा १० देखि १५ एमएलसम्म तलमाथि भए स्वीकार गर्न सक्ने व्यवस्था रहेको छ । 

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदवफा २ को (क) ले ‘वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदी ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्ने कामलाई निषेध’ गरेको छ । 

त्यस्तै दफा ३९ (ख) ले ‘बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिणाम, मूल्य, नापतौल, ढाँचा वा बनावट आदी ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्नेलाई निरीक्षण अधिकृतले तत्काल रु दुईदेखि तीन लाखसम्म जरिवाना गर्न सक्ने’ व्यवस्था गरेको छ । 

भद्रकाली आयल स्टोरलाई सात दिनभित्र रु दुई लाख जरिवाना विभागमा दाखिला गर्न निर्देशनसमेत दिएको महानिर्देशक गौचनले जानकारी दिनुभयो । अनुगमन टोलीले कम इन्धन भर्ने नोजल सुधार नगरेसम्म उक्त आयल स्टोरको कारोबार रोक्का गरेको छ । 

विभागको अधिकृतको नेतृत्वमा गएको अनुगमन टोलीमा गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमका प्राविधिको पनि सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा