२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१३३ जना सवार विमान अपहरणको सूचना पाइलटले दिएपछि विमानस्थलमा हल्लीखल्ली

२०७५, २५ कार्तिक आईतवार ०४:३०

कात्तिक २५, काठमाडौं । १३३ जना सवार विमान अपहरणको सूचनाले भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा हल्लीखल्ली मच्चिएको छ ।

अरियाना अफगान एयरलाइन्सको विमानका क्याप्टेनले शनिबार दिउँसो विमान अपहरणमा परेको सन्देश प्रवाह गरेका थिए । त्यसपछि विमानलाई टेकअफ गर्नुभन्दा अगाडि नै रोकियो । जाँच गर्दा क्याप्टेनले झुक्किएर अपहरण परेको सूचना दिने अलार्म बजाएको बताएका थिए । त्यसपछि पनि सूरक्षा अधिकारीहरुले पूरै विमान जाँच गरे जसका कारण विमान उड्न दुई घण्टा ढिला भयो ।

दिल्लीबाट कान्धहार जान लागेको उक्त विमानमा ९ क्रु मेम्बरसहित १२४ जना यात्रु थिए । यो विमान शनिबार दिउँसो ३ः३० बजे भारतको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नुपर्ने थियो । त्यहीबेला पाइलटको तर्फबाट विमान अपहरणमा परेको सन्देश पठाइएको थियो । त्यसपछि सुरक्षा अधिकारीहरुले रनवेमै विमानलाई चारैतिरबाट घेरा हालेका थिए ।


त्यसपछि सुरक्षा अधिकारीहरुले सोधपुछ गर्दा पाइलटले आफ्नो को–पाइलटलाई अलर्टको प्रक्रियाबारे जानकारी दिन खोज्दा गल्तीले अपहरणमा परेको सन्देश दिने अलार्म बजेको बताएका थिए । यसका लागि पाइलटले अलार्म सिस्टममा कोड नम्बर ७५०० राखे, जसको मतलब विमान हाइज्याकमा परेको सूचना दिनु हो । यसैक्रममा गल्तीले अलार्म बटन थिचियो र एयर ट्राफिक कन्ट्रोल रुममा विमान अपहरणमा परेको सन्देश गयो ।

नागरिक उड्डयन सुरक्षा अधिकारीहरुका अनुसार पूरै जाँच गरेपछि मात्रै विमानलाई उड्न दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा